एजेन्सी,१८ फागुन । युगान्डामा इबोला भाइरसका कारण दुई महिनाको अवधिमा २ जनाको मृत्यु भएको छ । यस वर्षको जनवरी ३० मा एक ३२ वर्षीया नर्सको मृत्यु भएकामा शनिवार साढे ४ वर्षिया बालकको मृत्यु भएको हो ।
मृतक बालक फेब्रुअरी २ मा, इबोलाको लक्षणहरू लिएर अस्पताल पुगेका थिए । सन् २०२५ लागे यता युगान्डामा १० जनालाई इबोला भाइरस पुष्टि भएको छ । उनीहरुमध्ये आठ जना उपचारपछि घर फर्किएका छन् ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार युगान्डामा, यस अघि सेप्टेम्बर २०२२ मा इबोलाको सङ्क्रमण सुरु भउकामा जनवरी २०२३ मा समाप्त भएको थियो । यो अवधिमा १ सय ६४ जनालाई इबोला सङ्क्रमण भएकामा ७७ जनाको मृत्यु भएको थियो ।