काठमाडौ, १६ फागुन । आज बिहान सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गएको भूकम्पका कारण ६ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार भूकम्पबाट एक घर भत्किएको छ भने तीनजना विस्थापित भएका छन् ।
प्रहरी कार्यालयसहित अन्य पाँचवटा घरमा आङ्शिक क्षति पुगेको र ६ जना सामान्य घाइते भएको नेपाल प्रहरीका प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले जानकारी दिनुभयो ।