गोरखा,१६ फागुन । गोरखा जिल्ला न्यायिक समितिहरुको न्यायिक भेला तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ । सहिद लखन गाउँपालिका न्यायिक समितिको आयोजनामा भेलाको आयोजना गरिएको हो ।
भेलामा पालिका भित्रका ११ वटै न्यायिक समितिका संयोजक एव सदस्यहरुको सहभागिता रहेको सहिद लखन गाउँपालिका न्यायिक समितिकी संयोजक एवं गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिनुभयो । भेलामा समितिको जिल्ला न्यायिक समितिको अहिलेसम्मको समिक्षा गरिएको उहाँको भनाई छ ।
भेलामा जिल्ला समन्वय प्रमुख मोहन बहादुर थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै जिल्ला समन्वय समिति गोरखाकी उपप्रमुख लिला परियार, जिल्ला न्यायधिस शिवबहादुर रानाभाट, सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरलगायतको सहभागिता रहेको थियो ।