गोरखा १३ फागुन । गोरखा जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको ‘नवौँ गोर्खाली रनिङ कप’ फुटवल प्रतियोगिता अन्र्तगत सेमिफाइनलका दुवै खेल मंगलबार सम्पन्न भएको छ । सदरमुकामको हरमटारी खेल मैदानमा जारी प्रतियोगितामा मंगलबार पहिलो सेमिफाइनल खेल चाइनिज धारा फेमिली क्बल र समिचौर युवा क्लब भएको थियो भने दोस्रो सेमिफाइनल खेल आयोजक हरमटारी क्लब र लक्ष्मीबजार हर्ट क्बल गोरखा बिच भएको हो ।
जस अन्र्तगत पहिलो खेलमा समिचौरलाई १ का बिरुद्ध ७ गोलले पराजित गर्दै चाइनिज धाराले फाइनलको यात्रा पक्का गरेको छ । त्यस्तै आज भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक हरमटारी क्लबले लक्ष्मीबजार हर्ट क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको फाइनल खेल भोली हुने आयोजकले जनाएको छ ।
‘नवौँ गोर्खाली रनिङ कप’ फुटवल प्रतियोगिताको उपाधि विजेताले यस पटक अहिलेसम्मकै जिल्लाको सर्वाधिक पुरस्कार राशी रु ४ लाख रुपैयासहित कप कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपबिजेताले दुई लाख नगद पुरस्कारको साथमा म र प्रमाणपत्र प्राप्त गर्नेछ । यहीँ फागुन ९ गतेदेखि सुरु भएको प्रतियोगित भोली सम्पन्न हुनेछ ।