गोरखा ३०, चैत । गोरखामा डकडाउनका बेला अत्यावश्यक प्रयोजनका लागि भनेर जिल्ला प्रसासन कार्यालयले जथाभावी पास बितरण गरेको खुल्न आएको छ । कार्यालयले खाद्य उद्योगको नाममा जिल्ला भर ढुवानी गर्न भन्दै स्कुटरलाई समेत पास उपलब्ध गराएको खुलेको हो ।
कार्यालयले ना ३१ प ८८६७ नम्बरको स्कुटरलाई सवारी पास दिएको पाइएको हो ।सवारी पास दिदा जिल्ला प्रसासन कार्यालयले पहुँचका भरमा दिने गरेको कतिपयको आरोप छ । अत्याबश्यक कामका लागि पास माग्दा आनकानी गर्ने प्रसासन पहुँच भएका व्यक्तिहरुलाई भने जथाभावी पास दिने गरेको पाइएको हो ।
यस अघि प्रसासकिय अधिकृत गणेश प्रसाद भट्टराईले नेबिसंघका एक नेतालाई समेत लडडाउन अबधीभरका लागि मोटरसाईकलको सवारी पास बनाई दिएका थिए । अहिले स्कुटरको सवारी पासमा पनि उहाँकै हस्ताक्षर रहेको छ । यद्देपी ढुवानी गर्ने नै भएपनि सडक र भौगोलिक अबस्थाका कारण स्कुटरले जिल्लाभर ढुवानी गर्न सम्भव छैन ।

जिल्ला प्रसासन कार्यालयले उपलब्ध गराएको सवारी पास सम्बन्धित काम भन्दा पनि रबाफ देखाउन र मानिस बोक्ने बढि प्रयोग हुने गरेको पाइएको छ । यता पासको दुरुपयोग बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय भने आजदेखि चेकजाँचलाई तिव्र पार्न थालेको छ । ट्राफिक प्रहरीले आजमात्रै ३ दर्जनभन्दा बढि सवारी साधनलाई नियन्त्रणमा लिइएको जनाएको छ ।