Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

देवुचलीमा एक्सरेद्धारा छातिरोग सम्बन्धी खोजपड्ताल कार्यक्रम शिविर सम्पन्न


2.5K
Shares

देवुचलीमा एक्सरेद्धारा छातिरोग सम्बन्धी खोजपड्ताल कार्यक्रम शिविर सम्पन्न

प्रितम भुजेल
देवचुली नवलपुर १२ फागनु ः देवचुली नगरपालिकाको आयोजना, प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र गण्डकी प्रदेश पोखराको प्राविधिक सहयोग तथा प्रादेशिक जनस्वास्थ्य कार्यालय नवलपुरको समन्वयमा आइतवार एक्स–रेद्धारा छातिरोग सम्बन्धी खोजपड्ताल कार्यक्रम शिविरसम्पन्न भएको छ । देवचुली नगरपालिका–१५, स्थित वडाकार्यालयमा भएको छातिको एक्सरे शिविरमा ३७८ जनाको परिक्षण गरिएको थियो । शिविरमा परीक्षण गरिएका मध्ये ४ जनामा क्षयरोग पुष्टी भएको छ ।

त्यस्तै ४५ जनाको खकार परीक्षणका लागि मध्यविन्दु प्रादेशिक अस्पताल कावासोती पठाईएको छ । “आर्थिक विकास र स्वरोजगार, समृद्ध देवचुलीको आधार, समय अबको क्षयरोग अन्त्यको, क्षयरोग अन्त्यका लागि लगानी बढाऔं ,जीवन बचाऔं’’ भन्ने मुल नारा साथ प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र गण्डकी प्रदेश पोखरासंगको सहकार्य र प्रविधिक सहयोगमा विशेष गरी देवचुलीमा क्षयरोग निर्मुल पार्नका कार्यक्रमको आयोजना गरिएको हो ।

देवचुली नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका रुपमा घोषणा गर्न प्रारुप तयारका लागि सञ्चालित शिविर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । शिविरमा क्षयरोग (छाती रोग)को एआई एक्सरे प्रबिधिद्वारा निशुल्क चेकजाँच गरिएको आयोजकले जनाएको छ । शिविरमा वरिष्ठ पेट ,मुटु तथा छाती रोग विशेषज्ञ डा.प्रमोद भट्टराईको नेतृत्वमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको थियो ।

देवचुली नगरपालीका नगरप्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रादेशिक क्षयरोग केन्द्र पोखराका फोकलपर्सन राजेन्द्र रानाभाटको विशेष उपस्थिति रहेको थियो भने देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठ, अधिकृत अविनाश पन्थी, सिनियर अ.न.मी निरीक्षक सिता न्यौपाने, १५ वडाका सम्पूर्ण जनप्रतिनिधि, टोल विकास सस्थाका प्रतिनिधि ,स्थानीय आमा समूह, स्वास्थ्य स्वयंसेविका पत्रकारलगायतको उपस्थिती रहेको थियो ।

अध्यक्षता कार्यवाहक वडा अध्यक्ष प्रेमप्रसाद खनालले अध्यक्षता भएको कार्यक्रमकोे प्राविधिक व्यवस्थापन प्रगतिनगर स्वास्थ्य चौकीका प्रमुख सिनियर अहेव अधिकृत लोकनाथ अर्यालले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology