Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

महाबिपत्तीमा बिपन्न, असाहाय र मजदुरलाई सहयोग गर्न सांसद खड्काको अपिल


2.8K
Shares

महाबिपत्तीमा बिपन्न, असाहाय र मजदुरलाई सहयोग गर्न सांसद खड्काको अपिल

गोरखा २९, चैत । प्रतिनिधिसभाका सांसद चुडामाणी खड्का (प्रकाश) ले लडडाउनका बेला समस्यामा परेका बिपन्न, असाहाय र मजदुर बर्गलाई सहयोग गर्न स्थानीय सरकारलाई अपिल गर्नुभएको छ । शनिबार एक प्रेस बिज्ञप्ती जारी गर्नुहुदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य समेत रहनु भएका सांसद खड्काले दैनिक ज्याला मजुदरी गरेर जिविकोपार्जन गर्ने श्रमिक बर्गलाई स्थानीय सरकारले बिशेष सम्बोधन गर्नुपर्ने उल्लेख गर्नुु भएको हो ।

उहाँले कोरोना संक्रमणको महाविपत्तीमा सरकारले चालेको कदमलाई दृढता पूर्वक कार्यान्वयन गदै नेपाललाई कोरोनमा संक्रमणबाट मुक्ति दिलाउन सवै नेपालीको साथ आबश्यक रहेको बिज्ञप्ती मार्फत जनाउनु भएको छ । ‘लकडाउनलाई दृढतापूर्वका कार्यन्वयन गराउनु अहिलेको अपरीहार्यता हो, त्यसलाई सवैले गम्भीरताका साथ लिन हार्दिक अनुरोध गर्दछु ।’ सांसद खड्काद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।
जनतालाई परेका हरेक समस्या र दुखमा आफ्नो साथ रहने उल्लेख गर्नुहुदै उहाँले मानव जाती माथि परेको यस महाबिपत्तीको समाधान गर्न विश्वका मानव समुदाय एक भएर कोभिड १९ विरुद्दको लडाई विजय प्राप्त गर्न आवहन समेत गर्नुभएको छ । सांसद खड्काले देश र गोरखा जिल्लामा पनि केही समयदेखि यसको विरुद्ध आफुहरु एकजुट भएर लडिरहेको उल्लेख गर्नुहुदै कोरोनाका कारण आम नागरिकलार्ई परेको असुविधा प्रति आफुहरु गम्भीर रहेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

बिज्ञप्तीमा सांसद खड्काले सरकारको नीति, निर्देशन र आदेश मान्नुको अर्को विकल्प नभएकाले विपत्तिको समयमा एउटाले अर्कोलाई सहयोग गर्न समेत आबहन गर्नुभयो । उहाँले गोरखा जिल्ला घरभई जिल्ला वाहिर र विदेशबाट समेत भर्खरै गाउँ फर्किएका नागरिकहरुलाई स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा बसी कोरोनाबाट आफु पनि सुरिक्षत हुन तथा परिवार र सिंगो समाजलाई कोरोनबाट मुक्त बनाउनकाल सहयोग गर्न आवहन गर्नुभयो ।

सांसद खड्काले केही कसैलाई स्वास्थ्यमा समस्या आएमा वा कोरोना सम्बन्धी लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्यसंस्थाको सम्र्पकमा जान पनि नागरिकहरुलाई आग्रह गर्नुभएको छ । उहाँले कोरोना संक्रमणको विषम अबस्थामा अग्रमोर्चामा रहेर काम गर्नुहुने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सवैलाई बिज्ञप्ती मार्फत हार्दिक धन्यवाद दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology