Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

स्टार्मरद्वारा विश्वका नेताहरूलाई एचआईभी परीक्षण गर्न आग्रह


2.1K
Shares

स्टार्मरद्वारा विश्वका नेताहरूलाई एचआईभी परीक्षण गर्न आग्रह

एजेन्सी, २८ माघ । एचआइभीको परीक्षण गरेको भिडियो सार्वजनिक गर्दै बेलायती प्रधानमन्त्री तथा जी–७ राष्ट्रका नेता केइर स्टार्मरले विश्वका अन्य नेतालाई एचआईभी परीक्षण गर्न आग्रह गर्नुभएको छ । नेताले प्ररीक्षण गर्दा यसको प्रभाव सहजै जनतामा पर्ने र उनीहरूले पनि यसलाई पछ्याउने उहाँको धारणा रहेको छ ।

बेलायतीे प्रधानमन्त्री कार्यालयले एचआईभी परीक्षणलाई प्रोत्साहित गर्न एक हप्ता लामो राष्ट्रव्यापी पहलको समर्थनमा स्टार्मरले शुक्रबार डाउनिङ स्ट्रिटमा ‘र्‍यापिड होम टेस्ट’ पूरा गरेको फुटेज सोमबार सार्वजनिक गरेको थियो ।

युके हेल्थ सेक्युरिटी एजेन्सी यूकेएचएसएका अनुसार इङ्ग्ल्याण्डमा अनुमानित चार हजार ७०० व्यक्ति एचआईभी सङ्क्रमित भएर बाँचिरहेका छन् । स्टार्मरले डिसेम्बरमा आफ्नो सरकारले सन् २०३० सम्ममा इङ्ल्यान्डमा नयाँ एचआईभी केसहरू अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । नयाँ ‘एचआईभी कार्य योजना’ ले यस वर्षको अन्त्यमा प्रकाशित हुने लक्ष्यलाई कसरी पूरा गर्नेछ भनेर वर्णन गरेको थियो ।

“मलाई लाग्छ परीक्षण गर्ने कार्य विश्वभरका प्रधानमन्त्री र नेताहरूले गर्नुपर्छ र आफ्नो आफ्नो देशमा यसलाई अभियानका रूपमा सञ्चालन गर्नुपर्छ,” उहाँले बेलायतको मेट्रो अखबारसँग भन्नुभयो ।

“यदि मानिसहरूले परीक्षण गरे भने उनीहरूले आफ्नो स्थिति थाहा पाउनेछन् र यसले रोग फैलिनबाट सावधानी अपनाउन सहजता हुनेछ,” उहाँले आफ्नो कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा भन्नुभयो ।

उहाँले भन्नुभयो, “त्यसपछि तपाईं उपचारमा पहुँच प्राप्त गर्न सक्नुहुनेछ, र यसले सन् २०३० सम्ममा नयाँ एचआईभी सङ्क्रमण अन्त्य गर्ने हाम्रो सामूहिक लक्ष्य पूरा गर्न पनि मद्दत गर्नेछ ।”

टेरेन्स हिगिन्स ट्रस्टद्वारा प्रदान गरिएको र स्वास्थ्य र सामाजिक हेरचाह विभागद्वारा वित्त पोषित एक हप्ता लामो परीक्षण पहल, २०१२ देखि इङ्गल्याण्डमा वर्षेनी चलिरहेको छ ।

बेलायतमा यो हप्ताभरी राष्ट्रव्यापी रूपमा कसैले पनि निःशुल्क एचआईभी परीक्षणको माग गर्न सक्दछ र माग अनुसार घरमा नै आफ्नो परीक्षण गर्न मिल्ने दुई प्रकारका एचआइभी परीक्षण किटहरू उपलब्ध हुनेछन् । एउटाले १५ मिनेटभित्र नतिजा दिन्छ भने अर्को ‘सेल्फ स्याम्पलिङ’ किटलाई नतिजाका लागि प्रयोगशालामा पठाउन सकिन्छ। यसले भिरिङ्गी सिफलिसको पनि परीक्षण गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology