Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

मानव वन्यजन्तु द्वन्द्वले आगलागीको विपत्ति निम्त्यायो : सांसद बजगाईं


2.1K
Shares

मानव वन्यजन्तु द्वन्द्वले आगलागीको विपत्ति निम्त्यायो : सांसद बजगाईं

काठमाडौं, २८ माघ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले मानव वन्यजन्तु द्वन्द्वले पनि आगलागीको विपत्ति निम्त्याएको बताउनुभएको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभयो। ‘मानव–वन्यजन्तु द्वन्द्वको प्रतिशोधमा समेत जंगलमा आगो लगाउने कार्यले विपत्ति निम्त्याएको छ,’ उहाँले भन्नुभयो ।

बाँदर र बँदेलले बाली खाइदिँदा किसान चिन्तित रहेको उहाँले बताए । यस्तो समस्या समाधान गर्न राज्यले स्पष्ट नीति ल्याउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology