Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

अमेरिकामा नेपालीभाषीको गोली हानी हत्या


2.4K
Shares

अमेरिकामा नेपालीभाषीको गोली हानी हत्या

एजेन्सी, २७ माघ । अमेरिकाको ओहायो राज्यको न्यु अल्वानी भन्ने स्थानमा बसोवास गर्दै आएका एक जना नेपालीभाषी भुटानीको मङ्गलबार राती हत्या भएको छ ।

न्यु अल्वानी प्रहरीका अनुसार, मृत्यु हुनेमा ३० वर्षीय शेखर चापागाई छन् । त्यही कम्पनीका पूर्व कर्मचारी २८ वर्षीय व्रुस फोस्टरले अन्धाधुन्ध गोली चलाएर चापागाईको हत्या गरेको थियो ।

गोली लागेर सहकर्मी क्याले वेभरको पनि मृत्यु भएको र अरू चार जना घाइते भएको प्रहरीले जनाएको छ । ओहायोको कोलम्बस नजिकै न्यु अल्वानीस्थित केडीसी वान नामक कस्मेटिक र ब्युटी उत्पादन कम्पनीमा कार्यरत रहेकै अवस्थामा त्यो व्यक्तिले गोली चलाएको थियो ।

हत्यारालाई प्रहरीले बुधबार बिहानै गिरफ्तार गरेको थियो । चापागाई केही वर्षअघि मात्र डेनवरबाट ओहायो बसाइँ आएका थिए ।

मृतक चापागाईँकी श्रीमती र एक छोरी रहेको बताइएको छ । प्रहरीका अनुसार, आगामी एक दुई हप्तामा नै उनकी श्रीमतीले अर्को सन्तानको जन्म दिनेछिन् ।

सो कम्पनीमा त्यसबेला एक सय ५० भन्दा बढी कर्मचारी कार्यरत थिए । जुन कम्पनीमा धेरै नेपाली कार्यरत छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology