एजेन्सी, २६ माघ । २७ वर्षपछि दिल्लीमा भारतीय जनता पार्टी भाजपा पुनरागमन गर्दैछ। यसपटक निर्वाचनमा आम आदमी पार्टी ९आप० ले ठूलो हार ब्यहोर्नु परेको छ । आपका धेरै शीर्ष नेताहरूले चुनाव हारेका छन् ।
पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल नयाँ दिल्ली सिटबाट पराजित भएका छन् । पूर्व उपमुख्यमनत्री मनिष सिसोदियाले जंगपुरा सिटबाट पनि हार बेहोरेका छन् । तर मुख्यमन्त्री आतिशीले कालकाजी सिटबाट चुनाव जितेकी छिन् ।
निर्वाचन आयोगको तथ्याङ्क अनुसार, भाजपाले बहुमत प्राप्त गर्ने देखिन्छ। राजधानीमा ७० सिटका लागि फेब्रुअरी ५ बुधबार मतदान भएको थियो। कांग्रेसले एक सिट पनि पाएको छैन ।