चितवन, २५ माघ । चितवन जिल्ला अदालतले रवि लामिछाने साहारा सहकारी ठगीमा संलग्न नरहेको भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको उल्लेख गरेको छ । लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्ने आदेशमा अदालतले दिए लगत्तै बुजाएर हिजै छुटेका छन् ।
अदालतले प्रतिवादी रवि लामिछानेको दाबीको कसुरमा संलग्नता नरहेको भनी अहिले नै भन्न सकिने अवस्थाको विद्यमानता नरहेकोले पछि मुद्दामा थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी तत्काल मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम ५४ लाख रुपैयाँ धरौटी वा जमानत वा बैंक जमानत लिनु भन्ने आदेश भएको हो ।
यसअघि लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख , काठमाडौं जिल्ला अदालतले ६० लाख र रुपन्देही जिल्ला अदालतले १ करोड रुपैयाँ माग बमोजिम दिएर छुटेका थिए ।