Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

पूर्व गृहमन्त्री लामिछानेलाई प्रहरी हिरासतमा पठाइयो


903
Shares

पूर्व गृहमन्त्री लामिछानेलाई प्रहरी हिरासतमा पठाइयो

चितवन, २३ माघ । चितवन जिल्ला अदालतले पूर्व गृहमन्त्री रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाएको छ। बुधबार लामिछानेविरुद्ध परेको साहारा बचत सहकारीको थुनछेक बहस नसकिएपछि जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले न्यायिक हिरासतमा पठाएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिनुभोयो ।

लामिछानेविरुद्ध सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगीसम्बन्धी मुद्दा दायर भएको थियो। लामिछानेको मुद्दा हेर्दाहेर्दैमा रहेकाले बिहीबार बिहान १० बजे अदालतमा उपस्थित हुनुपर्नेछ।

बुधबार लामिछानेको बयान सकिएपछि थुनछेक बहस सुरु भएको छ। सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधीवक्ता रवि न्यौपाने, सहायक न्यायाधिवक्ता बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गर्नुभएको छ। जाहेरवालाका तर्फबाट अधिवक्ता रमेश काफ्लेको बहस सकिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology