गोरखा, २३ माघ । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको पोखरामा भएको तेस्रो अधिवेशनबाट गोरखाका पत्रकार गुणराज रोका र दानबहादुर गुरुङ निर्वाचित भएका छन् । माघ २१ र २२ गते भएको अधिवेशनबाट महासचिव पदमा रोका र जनजाति सचिवमा गुरुङ निर्वाचित हुनुभएको हो ।
निर्वाचित भएका रोका यस अघि प्रेस सेन्टर नेपालको गण्डकी प्रदेश समितिको सचिव हुनुहुन्थ्यो । उहाँ गोरखा पत्र दैनिकमा कार्यरत हुनुहुन्छ। त्यस्तै सचिवमा निर्वाचित गुरुङ यसअघि प्रेस सेन्टर नेपाल गोरखाको अध्यक्ष हुनुहुन्थ्यो । उहाँ चितवनको कुरिनटारमा रेडियो ईच्छा कामनाका स्टेशन प्रमुख समेत हुनुहन्छ ।
अधिवेशनबाट अध्यक्षमा अर्जुन काफ्ले, खुला उपाध्यक्षमा सन्तोष गौतम, समावेशी उपाध्यक्षमा सन्देश श्रेष्ठ र महिला उपाध्यक्षमा सविना राना सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यस्तैगरी, सचिवमा सुरेश अधिकारी, खुला सचिवमा अग्निधर लुइँटेल र कोषाध्यक्षमा श्रीभद्र पौडेल चयन हुनुभएको छ ।
नवनिर्वाचित समितिको सदस्यमा सविता शर्मा, सन्तोष परियार, राजकुमार छत्कुली, राजबाबु पिसी, बिमल आचार्य, फणिन्द्र अधिकारी, रवि दाहाल, लक्ष्मण दङ्गाल, चिरञ्जीवी पौडेल र पूर्णभद्र निउरे निर्वाचित हुनुभएको छ ।