Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

वडाध्यक्ष मियाँको निधन


2.6K
Shares

वडाध्यक्ष मियाँको निधन
मध्यविन्दु नवलपरासी, १९ माघ ।  नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को कावासोती नगरपालिका–१ का अध्यक्ष तवारक अहमद मियाँको हृदयघातका कारण निधन भएको छ ।
आज दिउँसो गैँडाकोटमा राष्ट्रिय युवा सङ्घको जिल्ला अधिवेशनमा सहभागी भइरहेको बेला हृदयघातका कारण निजको मृत्यु भएको युवा सङ्घका केन्द्रीय सदस्य मदन गिरिले बताउनुभयो ।
राष्ट्रिय युवा सङ्घ नेपाल नवलपुरको दशौँ जिल्ला अधिवेशनमा स्वागत मन्तव्य व्यक्त गरेर मञ्चबाट ओर्लिनुभएका उहाँ त्यहीँ लड्नुभएका थियो । उहाँलाई तत्काल चितवन मेडिकल कलेज लगिएकामा  चिकित्सकले उहाँलाई मृत घोषित गरेका सदस्य गिरिले बताउनुभयो ।
सैतीस वर्षका उहाँका श्रीमती, तीन छोरी र एक छोरा हुनुहुन्छ । राष्ट्रिय युवा सङ्घ नेपाल नवलपुरका सहसचिवसमेत रहनुभएका उहाँ स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का तर्फबाट निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology