Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखाको बारपाक सुलिकोटमा निजी स्वास्थ्य संस्थाका आउने बिरामीको पनि रेर्कड राखिने


7.7K
Shares

गोरखाको बारपाक सुलिकोटमा निजी स्वास्थ्य संस्थाका आउने बिरामीको पनि रेर्कड राखिने

गोरखा २८, चैत । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिका भित्रका निजी क्लिनिकहरुमा दैनिक स्वास्थ परिक्षण गराएको व्यक्तिहरुको तथ्याङक संकलन गर्ने भएको छ । गाउँपालिकाले सरकारी स्वास्थ्यसंस्थामा दैनिक चेकजाचँ गराउदै आएका बिरामीहरुको रेकर्ड राखी जिल्लामा पठाउने गरेको भएपनि निजी क्लिनिकहरुमा स्वास्थ्य जाँच गराएकाहरुको तथ्याङक संकलन नहुदा समस्या आउन सक्ने भएकाले गाउँपालिका स्तरीय कोभिड १९ बिपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

‘निजी स्वास्थ्य संस्थामा उपचार गराउनको तथ्याङक नहुदा धेरै संख्यामा बिरामीहरुको बिबरण कार्यालयको तथ्याङक बाहिर हुनसक्ने अबस्था आउनसक्छ, गाउँपालिका अध्यक्ष भट्टले भन्नुभयो,‘ त्यस्तो सम्भावनालाई मध्येनजर गर्दै सम्पूर्ण स्वास्थ्य चौकीहरुमा मार्फत निजी स्वास्थ्य संस्थाहरुको बिबरण संकलन गरी उक्त संस्थाहरु मार्फत नियमित रुपमा निर्धारित ढाचाँमा बिबरण संकलन गर्ने निर्णय भयो ।’

बैठकले नयाँ बर्ष २०७७ को आगमनको अबसरमा व्यक्तिहरु बिच जमघट र भोजभतेर समेत हुनसक्ने भन्दै त्यसो नगर्न सवै गाउँपालिका बासीलाई अनुरोध गरेको छ । त्यस्तै गाउँपालिकाको वडा नम्बर २ मा भारतबाट पैदल हिडेर बारपाकसम्म एक व्यक्ती आएको र क्वारेन्टाइनमा नबसेको भन्ने जानकारी आएको भन्दै उक्त व्यक्तिलाई बारपाक स्वास्थ्य चौकीको समन्वयमा बारपाक स्थित पुरानो स्वास्थ्य चौकीमा स्थापना गरिएको क्वारेन्टाइनमा राख्ने निर्णय बैठकले गरेको अध्यक्ष भट्टले जानकारी दिनुभयो ।

अन्य वडाहरुमा समेत बिदेशबाट आएर क्वारेन्टाईनमा नबसेको हुनसक्ने भएकाले निरन्तर निगरानी कार्यलाई जारी राख्न वडा समन्वय एवं टोल स्तरीय सहयोग समितिलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology