Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

दलित समुदायको पक्षमा कलम चलाउन जरुरी छ : सभामुख धिताल


945
Shares

दलित समुदायको पक्षमा कलम चलाउन जरुरी छ : सभामुख धिताल

बन्दिपुर, १२ माघ । गण्डकी प्रदेशका सभामूख कृष्णप्रसाद धितालले समाजमा ब्यप्त सांस्कृतिक असमानता चिर्न पत्रकारले सशक्त भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।

तनहुँको बन्दिपुरमा शनिबार राष्ट्रिय दलित पत्रकार संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै सभामुख धितालले सांस्कृतिक रुपमा देखिएको असमानताले सवैभन्दा बढी दलित समुदाय पिडीत रहेको भन्दै पत्रकारले पिडीतको पक्षमा कमल चलाउनुपर्ने बताउनुभयो ।

‘मानव भएर पनि दलित समुदायले मानवीय ब्यवहार नपाएको हामीले अनुभूति गरिरहेका छौँ’ उहाँले भन्नुभयो, ‘कानुनमा जे लेखिए पनि ब्यवहार अझै कमजोर भएको छ, यसलाई चिर्न पत्रकारहरुको साझा प्रयत्न अझै बढाउनुपर्छ ।’

उहाँले जनस्तरमा सहि र गलत समाचार छुट्टाउन पर्ने अवस्था सिर्जना भएकाले सत्य र विश्लेषण सहितको समाचार सम्प्रेषण गर्ने विषयलाई बढवा दिन उहाँले आग्रह गर्नुभयो । सभामूख धितालले यस्ता प्रवृती विरुद्ध ससकारले समेत ध्यान दिनुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology