Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

अखिल क्रान्तिकारीको मतदान जारी


973
Shares

अखिल क्रान्तिकारीको मतदान जारी

काठमाडौं,१२ माघ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।

२३औं सम्मेलनबाट सर्बसम्मत नेतृत्व चयन हुन नसकेपछि लामो समयपछि आज मतदान हुन लागेको हो । अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि मतदान हुन लागेको हो । मतदान साँझ ६ बजेसम्म हुनेछ । आजै रातिदेखि मत गणना सुरु गर्ने तयारी छ ।

३३ पदाधिकारीसहित ३१२ केन्द्रीय सदस्य चयन गर्न दुई हजार ३९८ जना प्रतिनिधिले मतदान गर्नेछन् । उम्मेदवारका विषयमा दाबी विरोधपछि २० जनाको उम्मेदवारी निर्वाचन समितिले रद्द गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology