Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

ज्यान मार्ने उद्योग कसूरका फरार रहेका गोरखा प्रतिवादी पक्राउ


2.3K
Shares

ज्यान मार्ने उद्योग कसूरका फरार रहेका गोरखा प्रतिवादी पक्राउ

गोरखा, २८ पुस । ज्यान मार्ने उद्योगमा फरार रहेका गोरखा आरुपोखरीका १ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्ला आरुघाट गाउँपालिका–८ को आरुपोखरी घरभई हाल काडमाडौं तार्केश्वर नगरपालिका–८ बस्दै आएका २९ बर्षिय सिजन अधिकारी भएको पुष्टी भएको हो ।

अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा कञ्चनपुर भिमदत्त नगरपालिकास्थित नेपाल भारत सिमाबाट पक्राउ गरेको हो ।

अधिकारीलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology