गोरखा, २८ पुस । गोरखा उद्योग बाणिज्य संघ, महिला उद्यमी बिकास समितिको अध्यक्षमा रिता श्रेष्ठ सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
संघको कार्यालयमा हिजो सनिबार भएको १२औं साधारण सभा एवं ५औं अधिवेशनले श्रेष्ठको अध्यक्षतमा १३ सदस्यीय जिल्ला कार्य समिति समेत सर्व सम्मत रुपमा चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा जुना बिश्वकर्मा, सचिवमा शारदा खत्री, कोषाध्यक्षमा रुपा गुरुङ, सह–सचिवमा कल्पना श्रेष्ठ र सह–कोषाध्यक्षमा सिर्जना पाण्डे चयन भएको पनि महिला उद्यमी बिकास समितिले जानकारी दिएको छ ।
सोही अधिवेशनले सदस्यहरुमा सरिता मास्के, रञ्जु घिमिरे, कमला खनखवास, बबिता मास्के, सरस्वती श्रेष्ठ, चमिना गुरुङ र रोस्ता श्रेष्ठ चयन भएको गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष एवं निर्वाचन अधिकृत भगवान बावु मास्केले जानकारी दिनुभयो । २०६९ सालमा स्थापना भएको समितिले बिगतदेखी नै महिलाहरुको उद्यम बिकासमा हातेमालो गर्दै आएको छ ।