गोरखा, १६ पुस ःगोरखाको चुमनुब्री गाउँपालिकामा नेपाली काग्रेस र नेकपा एमालेका जिल्ला पार्टी सदस्यसहित २४ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्र चुमनुब्री गाउँपालिका पार्टी समितिको तेस्रो पालिका सम्मेलनको अवसरमा नेपाली काग्रेसका जिल्ला समिति सदस्य नुब्रु गुरुङ र नेकपा एमाले जिल्ला कमिटीका सदस्य राज गुरुङको नेतृत्वमा दुवै पाटीबाट गरी २४ जना माओवादी केन्द्रमा प्रवेश गरेको चुमनुब्री गाउपालिकाका पार्टी इन्चार्ज निमा लामाले जानकारी दिनुभयो ।
पार्टी प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई पार्टीका केन्द्रीय सदस्य हरिराज अधिकारी, अमर तमु, बैकल्पिक केन्द्रीय सदस्य लेखबहादुर थापामगरलगायतले खादा र माला लगाएर पार्टीमा स्वागत गर्नुभएको उहाँले बताउनुभयो । पार्टीको तेस्रो पालिका सम्मेलनबाट कुमारी गुरुङको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति गठन भएको हो ।

जसको उपाध्यक्षमा लक्ष्मी गुरुङ, रामकुमार गुरुङ र सचिवमा छिरिङ फुन्जो गुरुङ, सहसचिवमा सरोज लामा र बुद्द गुरुङ चयन हुनुभएको छ । सम्मेलनको अवसरमा पार्टीले निकालेको ¥याली गाउँपालिकाको मुकामदेखि फिलिम बजार परिक्रमा गरि खबरदारी सभामा परिणत भएको थियो । खबरदारी बर्तमान सरकार भ्रष्टचार मा लिप्त भएको भन्दै सरकारको आलोचना गरेका थिए ।