Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

शहिद लखन गाउँपालिकाले बिपन्न, असाहायलाई ६७ केजीसम्म राहत वितरण गर्ने


3.6K
Shares

शहिद लखन गाउँपालिकाले बिपन्न, असाहायलाई ६७ केजीसम्म राहत वितरण गर्ने

गोरखा, २६ चैत । शहिद लखन गाउँपालिका विपद्व्यवस्थापन समितिको निर्णय अनुसार परिवार संख्याको आधारमा मजदुर , गरिव, असहायहरुलाई प्रति परिवार १७ केजी देखि ६७ केजी सम्म राहत वितरण गर्ने निर्णय गरेको छ ।

गाउँपालिकामा मंगलबार बसेको बैठकले २ जना सम्मको परिवारलाई १३ केजी चामल, एक केजी दाल, एक लिटर तेल, एक केजी नुन, एक केजी केराउ, मसला, वेसार दिने निर्णय गरेको हो । त्यसैगरी ४ जना सम्मको परिवारका लागि ३३ केजी, ६ जना सम्मको परिवारका लागि ५१ केजी र ६ जना भन्दा माथिका संख्यामा रहेका परिवारलाई ५० केजी चामल र अन्य गरी ६७ केजी दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताउनुभयो ।

गाउँपालिकाले केन्द्र र प्रदेश सरकारको आदेश पालना गर्दै आफ्नो कार्यक्षेत्र भित्र रहेका कुनै नागरिकलाई भोको नराख्ने बताएको छ । विपद्व्यवस्थापन कोषमा यस अघि नै रहेको २५ लाख मध्येबाट खर्च गर्ने निर्णय भएको थापाले बताए । यस अघि नै स्वास्थ्य संस्थाहरुमा थर्मल गन थर्मोमिटर, पिपिइ लगायतका स्वास्थ्य सामग्रीहरु स्वास्थ्य संस्थामा पुर्याईसकेको स्वास्थ्य शाखाका प्रमुख विरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology