Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सभामुखलाई भेटेर रास्वपाले भन्यो-सभापति लामिछानेलाई सांसदबाट निलम्बन गर्न मिल्दैन


1.8K
Shares

सभामुखलाई भेटेर रास्वपाले भन्यो-सभापति लामिछानेलाई सांसदबाट निलम्बन गर्न मिल्दैन

काठमाडौं, ८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रमुख सचेतकसहित सांसदहरूले सभामुख देवराज घिमिरेलाई भेटेर सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न नमिल्ने बताउनुभएको छ ।

प्रमुख सचेतक सन्तोष परियार, सांसदहरू सोबिता गौतम र गणेश पराजुलीले सोमबार दिउँसो सभामुख घिमिरेलाई भेटेर सभापति लामिछानेविरूद्ध कास्की अदालतमा मुद्दा परेको भन्दै सांसदबाट निलम्बन गर्न कास्की प्रहरीले पठाएको पत्रबारे ध्यानाकर्षण गराएका हुन्।

सभामुखसँगको भेटमा सभापति लामिछानेमाथि दर्ता भएको मुद्दा र त्यसपछि लामिछानेलाई निलम्बन गर्न कास्की प्रहरीले पठाएको पत्रबारे ध्यानाकर्षण गराइएको प्रमुख सचेतक परियारले जानकारी दिनुभयो ।

ुसभापति लामिछाने कानुनअनुसार निलम्बन हुनुपर्ने हो कि होइन भन्नेबारे हाम्रो ध्यानाकर्षण थियो,ु परियारले भन्नुभयो । सभामुखसँगको भेटमा रास्वपाका सांसदहरूले प्रतिनिधि सभा नियमावलीबारे पनि ध्यानाकर्षण गराएका थिए ।

ुजसरी पत्र आएको छ, त्यो आधारमा निलम्बन गर्न मिल्दैन । प्रतिनिधि सभा नियमावली २०७९ मा जुन व्यवस्था छ । त्यो व्यवस्थालाई याद गर्नपर्‍यो। कार्यपालिकाबाट व्यवस्थापिका प्रभावित हुनुभएन भन्ने कुरा राखेर आएका हौं,ु प्रमुख सचेतक परियारले भन्नुभयो ।

सभामुख घिमिरेले पनि त्यस विषयलाई आफूले गम्भीरताका साथ लिएको र विधि र विधानभन्दा बाहिर गएर केही गर्न हुँदैन भन्नेमा आफू सचेत रहेको जबाफ दिएको परियारले बताउनुभयो ।

ुहामी कानुन बनाउने कार्यान्वयन गर्ने सबै ठाउँमा छौं। विधि र विधानभन्दा बाहिर गएर केही पनि कुरा गर्न हुन्न भन्ने कुरामा म पनि सचेत छु भनेर सभामुखले भन्नुभयो,ु परियारले भन्नुभयो ।

सभापति लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा जिल्ला अदालत कास्कीमा आइतबार मुद्दा दर्ता भएको थियो।

मुद्दा दर्तापछि कास्की प्रहरीले लामिछानेको सांसद पद निलम्बन गर्न आइतबार नै संघीय संसद सचिवालयमा पत्र पठाएको थियो।

सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार मुद्दा दर्तापछि स्वतः सांसद पद निलम्बन हुने व्यवस्था छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology