Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

दिर्घरोगीलाई औषधी अभाव हुननदिन बारपाक सुलीकोट गाउँपालिकाद्धारा तथ्याङक संलकन गर्न निर्देशन


1.9K
Shares

दिर्घरोगीलाई औषधी अभाव हुननदिन बारपाक सुलीकोट गाउँपालिकाद्धारा तथ्याङक संलकन गर्न निर्देशन

गोरखा २६, चैत ।। गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिका भित्र रहेका दिर्घरोगीहरुका लागि औषधी अभाव हुन नदिन तथ्याङ संकलन गर्न निर्देशन दिएको छ ।

गाउँपालिकाले लडडाउनका बेला दिर्घरोगीलाई औषधीको अभाव हुन नदिन पालिका भित्र रहेका दिर्घरोगी र उनीले सेवन गर्ने मूल्य सहितको औषधी बिबरण संकलन गर्न सवै वडा कार्यालय, तथा स्वास्थ्य चौकीहरुलाई भनेको अध्यक्ष बिष्णु भट्टले जानकारी दिनुभयो ।

‘प्रत्येक वडाहरुमा नेवल कोरोना (कोभिड १९) को महामारीको कारण पालिकाभित्र रहेका दिर्घरोगीहरुले नियमित सेवन गरिरहेको औषधीहरु अभाव भएको भन्ने गुनासो आएको छ, उहाँले भन्नुभयो, ‘कुन प्रकारको औषधी प्रयोग गर्ने हो, कति मूल्यको औषधी प्रयोग गर्ने हो, सोको प्रेसक्रिप्सन सहित लाग्ने मूल्य बराबरको रकमको बिबरण तयार गरि कार्यालयमा छिटो उपलब्ध गराउन अनुरोध गरिएको छ ।’

नियमित औषधी सेवन गर्दै आएकाहरुले औषधीको अभाव भएको भन्ने गुनासो आएकाले तथ्याङक संंकलन गर्न सुरु गरिएको अध्यक्ष भट्टले जानकारी दिनुभयो । गाउँपालिकाले तथ्याङक संकलन गरि आबश्यक औषधी उपलब्ध गराउन समन्यव गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology