गोरखा, १ पुस ः गोरखाका नौ वटा पालिकामा नेकपा माओवादी केन्द्रले पालिका सम्मेलनमार्फत नयाँ नेतृत्व छनौट गरेको छ । सम्मेलनबाट अघिकांस पालिकामा नयाँ नेतृत्व चयन गरेको पार्टीका जिल्ला इन्चार्ज अमर तमुले जानकारी दिनुभयो । ११ पालिका मध्ये २ नगरपालिका र ७ गाउँपालिकाको पार्टीको सम्मेलन सम्पन्न भइसकेको उहाँको भनाई छ ।
जसअन्र्तगत गोरखा नगरपालिका पार्टी समितिको तेस्रो सम्मेलनले रामहरी केसीको अध्यक्षतामा ४९ सदस्सीय कार्यसमिति निर्वाचित भएको इन्चार्ज तमुले बताउनुभयो । गोरखा नगरसमितिको उपाध्यक्ष गोबिन्द भट्टराई, बिष्णुप्रसाद श्रेष्ठ, शर्मिला आले, सचिवमा हरि खनाल, सहसचिवमा सुक बहादुर नेपाली र कोषाध्यक्षमा दन्डपाणी कट्टेल निर्वाचित हुनुभएको छ ।
त्यस्तै पालुङटार नगरपालिकाको तेस्रो सम्मेलनबाट मदन देवकोटा नगरपार्टी समितिको अध्यक्षमा निर्वाचित हुनुभएको छ । नवनिर्वाचित समितिको उपाध्यक्षमा शर्मिला बगाले, विकास वाग्ले र असोक मरहट्टा, सचिवमा शंकरराज कंडेल, सहसचिवमा बालकृष्ण देवकोटा र कोषाध्यक्ष्मा चक्रबहादुर तामाङ निर्वाचित हुनुभएको उहाँले बताउनुभयो ।
सहिद लखन गाउँपालिका पार्टी समितिको सम्मेलनबाट धु्रब खनाल अध्यक्षमा निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा कृष्ण श्रेष्ठ, लिला श्रेष्ठ, भरत खनाल निर्वाचित भएका छन् । त्यस्तै सचिवमा अमृतबाबु श्रेष्ठ, सहसचिवमा आँचल गुरुङ र कोषाध्यक्षमा गीता परियार निर्वाचित हुनुभएको छ ।
भीमसेन थापा गाउँपालिका पार्टी समितिको सम्मेलनबाट विनोद पाण्डे पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ । नवनिर्वाचित समितिको उपाध्यक्षमा सागर श्रेष्ठ, नारायण श्रेष्ठ र मदन शाक्य, सचिवमा रनिल राना, सहसचिवमा यशोधा खनाल कट्टेल र कोषाध्यक्षमा सम्झना बसेल निर्वाचित हुनुभएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै अजिरकोट गाउँपालिका पार्टी समितिको सम्मेलनबाट अध्यक्षमा कृष्णबहादुर गुरुङ, उपाध्यक्षमा बाबुराम अधिकारी, एलिना गुरुङ र एकबहादुर मगर, सचिवमा मनोज गुरुङ, र सहसचिवमा दिपक बिकं निर्वाचित हुनुभएको छ ।
बारपाक सुलिकोट गाउँपालिकाको सम्मेलनबाट अध्यक्षमा नरबहादुर गुरुङ्ग पुनः निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा कृष्ण गुरुङ्ग, शुभप्रभात नेपाली, पुर्णबहादुर गुरुङ्ग, सचिवमा राजकुमार गुरुङ्ग, सहसचिवमा नवराज तामाङ र कोषाध्यक्ष सृजना श्रेष्ठ (चौधरी) निर्वाचित हुनुभएको पार्टीले जनाएको छ ।
त्यस्तै आरुघाट गाउँपालिका पार्टी समितिको सम्मेलनबाट विष्णुप्रकाश खड्का अध्यक्षमा निर्वाचित हुनुभएको छ । नवनिर्वाचित समितिको उपाध्यक्षमा कृष्णबहादुर नेपाली, राजकुमार ढकाल, सोवित श्रेष्ठ, सचिवमा गमबहादुर गुरुङ, सहसचिवमा रमेश तिमल्सिना र कोषाध्यक्षमा सीमा परियार निर्वाचित हुनुभएको छ ।
गण्डकी गाउँपालिकाको सम्मेलनबाट अध्यक्षमा मिलन मगराती (संगम),उपाध्यक्षमा रामप्रसाद रेग्मी, तुलसी रेग्मी र पहलमान बयलकोटी, सचिवमा एकबहादुर थापा, सहसचिवमा नेत्र चेपाङ, र कोषाध्यक्षमा मिना पन्त निर्वाचित हुनुभएको छ ।
त्यस्तै धार्चे गाउँपालिका पार्टी समितिको अध्यक्षमा सूर्यवहादुर गुरुङ, उपाध्यक्षमा मिनबहादुर सुनार, इन्द्रबहादुर गुरुङ र किसान गुरुङ, सचिवमा सरोज गुरुङ, सहसचिवमा सुशील गुरुङ, कोषाध्यक्षमा प्रविना गुरुङ निर्वाचित हुुनुभएको पार्टीले जनाएको छ । गोरखाका दुई पालिकामा भने अधिबेशन गर्न बाँकी रहेको इन्चार्ज तमुले जानकारी दिनुभयो । जिल्लाको सिरानचोक गाउँपालिका नेतृत्व चयन गर्न बााँकी छ भनेचुमनुब्री गाउँपालिकाको सम्मेलन बाँकी रहेको उहाँको भनाई छ ।