Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

सदस्यताको कारण देखाउदै पत्रकार महासंघ गोरखाको चुनाव स्थगित (बिज्ञप्ती सहित)


3.2K
Shares

सदस्यताको कारण देखाउदै पत्रकार महासंघ गोरखाको चुनाव स्थगित (बिज्ञप्ती सहित)

गोरखा, २६ मंसिर । मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघ गोरखाको निर्वाचन स्थगित भएको छ । शाखाले आज दिउसो एक बिज्ञप्ती जारी गर्दै सदस्यता विवादका कारण चुनाव स्थगित भएको जनाएको हो ।

अध्यक्ष नरहरी सापकोटा र सचिव बिकास मरहट्टाद्वारा जारी बिज्ञप्तीमा सदस्यता सुद्विकरण बिषयमा जिल्ला शाखाले गरेको निर्णय कार्यान्वयन नभएकाले निर्वाचन गराउन नसकिएको उल्लेख गरिएको छ ।

जारी बिज्ञप्तीमा ‘जिल्लामा प्राप्त मतदाता नामावलीको सम्वन्धमा जिल्ला शाखाले गरेको सिफारिस विपरित रहेको र केन्द्रसंग असहमतिसहित संशोधनका लागि औपचारिक रुपमा पटक पटक आग्रह गर्दा पनि आजको मितिसम्म केन्द्रले वेवास्ता गरेको कारण निर्वाचन प्रकृया नै अन्यौलमा पुगेको’ भनिएको छ ।

देशैभर हुने निर्वाचन कार्यक्रम तालिका अनुसार आजको दिन देशैभरको ७७ जिल्लामा जिल्ला शाखाको समितिको लागि उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको थियो । शाखाले चुनाव स्थगित गरेसंगै चुनावको मिति अन्यौल भएको छ ।

यता चुनावी प्रकृयाको थालनी हुने आशामा १ दर्जनभन्दा बढी महास्रघमा आवद्व सदस्यहरु महासंघको शाखा कार्यालय रहेको भवनमा पुगेका थिए । दिउसो ३ बजेसम्म पनि चुनावी प्रकृयाको थालनी नगरेपछी उनीहरु सबै फर्किएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology