Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाद्धारा जिल्ला भित्रका सवै पालिकामा तेस्रो सम्मेलनको तयारी


4.9K
Shares

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाद्धारा जिल्ला भित्रका सवै पालिकामा तेस्रो सम्मेलनको तयारी

गोखरा, २१ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले जिल्ला भित्रका सवै पालिकामा तेस्रो सम्मेलनको तयारी थालेको छ । स्थानीय तहको उपनिर्वाचनबाट सफलता हात पारेको माओवादी केन्द्रले सवैपालिका उत्साहका साथ सम्मेलनको तयारी सुरु गरेको पार्टीका जिल्ला सचिव अंकुर तिमिल्सना ‘आयाम’ ले जानकारी दिनुभयो ।

पालिका पार्टीलाई थप चलायमान बनाउँदै जनता नेता कार्यकर्तामा उत्साह बढाउनका लागि नयाँ नेतृत्व चयन गर्न पालिकास्तरीय सम्मेलनको तयारी थालिएको उहाँको भनाई छ । पार्टीले अहिलेसम्म सवै पालिकाको सम्मेलनको मितिसमेत ठोस गरिसकेको छ ।

जस अनुसार गोरखा नगरपालिका, पालुङटार नगरपालिका, आरुघाट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, गण्डकी गाउँपालिका र सिरानचोक गाउँपालिकामा मंसिर २९ गते, भीमसेन थापा गाउँपालिका र अजिरकोट गाउँपालिकामा मंसिर २८ गते सम्मेलन गर्न लागिएको सचिव तिमल्सिनाले बताउनुभयो ।

त्यस्तै शहिद लखन गाउँपालिका मंसिर २६ गते र धार्चे गाउँपालिकामा मंसिर ३० गते सम्मेलन लागिएको उहाँको भनाई छ । जिल्ला भित्रका सवै पालिका कमिटीको बैठक बसेर सम्मेलनको पार्टीले सम्मेलनको मिति तय गरेको माओवादीले जनाएको छ ।

सम्मेलनकै अवसरमा सवै पालिकाहरुमा सरकार बिरुद्ध खबरदारी सभा गर्ने तयारी समेत माओवादी केन्द्रले गरेको उहाँले बताउनुभयो । खबरदारी सभामा सरकारका गलत क्रियाकलापको भण्डाफोर गर्दै जनजागरण अभियानका रुपमा अघि बढाउने कार्यक्रम रहेको उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology