Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

बिआरआई ऋण होइन भन्ने कुरा अब दोहोर्‍याउन नपरोस् : प्रधानमन्त्री ओली


742
Shares

बिआरआई ऋण होइन भन्ने कुरा अब दोहोर्‍याउन नपरोस् : प्रधानमन्त्री ओली

काठमाडौं, २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा ऋणबारे छलफल नभएको बताउनुभएको छ । चीन भ्रमणबाट फर्किएर बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले बिआरआई परियोजना ऋण नभएको र बेइजिङमा त्यसबारेको छलफलमा ऋणकोसम्बन्धी कुरा पनि नउठेको बताउनु भएको हो ।

अहिले हामीले जे प्राप्त गरेका छौं त्यो ऋण होइन भनेर भनेर धेरै पटक भनिएको छ। अब धेरै दोहोर्‍याउन नपरोस्। ऋण होइन, ऋणसम्बन्धी कुरा पनि चलेको छैन,ु प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले बिआरआई अन्तर्गतका हरेक परियोजनाबारे त्यसको कार्यान्वयन सम्बन्धमा पछि छुट्टै सम्झौता हुने पनि बताउनुभयो ।

ुऋणको कुरा कहाँ बाट आउँछ। सँधै ऋण ऋण ऋणको सारंगी कहाँबाट बजेको छ । होइन भनेर हामीले पटक(पटक भनेका छौं । ऋणसँग सरोकार राख्दैन। अरू कुराहरूको कार्यान्वयनमा छुट्टाछुट्टै सम्झौता हुन्छ,ु उहाँले भन्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology