गोरखा २५, चैत । जनयुद्धका महान शहिद सुर्यनारायण श्रेष्ठका बुबा रामनारायण श्रेष्ठको असामहिक निधन भएको प्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखा जिल्ला अध्यक्ष लेखबहादुर थापा मगरले दुःख व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जाल मार्फत अध्यक्ष थापा मगरले श्रेष्ठको निधनले गोरखाको कम्युनिष्ट आन्दोलनमा क्षति पुगेको भन्दै उहाँ प्रति भावपूर्ण श्रदान्जली अर्पण गर्नुभएको छ ।
जिल्लाको सिरानचोक वडा नम्बर ५, छोप्राक स्थायी घर भएका श्रेष्ठको ६१ वर्षको उमेरमा सोमबार चितवन मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो ।
उहाँका एकमात्र छोरा सुर्यनारायण श्रेष्ठ (बिबेक) तत्कालीन जनमुक्ती सेनाको एक कुशल योद्धा हुनुहुन्थ्यो । उहाँले २०५६ सालमा रोल्पाको सुकिदहमा शहादत प्राप्त गर्नुभएको थियो ।
मृतक श्रेष्ठका श्रीमती र दुई छोरी हुनुहुन्छ । शहिदका बुबा श्रेष्ठका हिजै अन्त्येष्टी गरिएको छ ।