Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

रोल्पामा झोलुङ्गे पुल बनाउने क्रममा ढिस्कोले पुरिएर पाँच जनाको मृत्यु


1.9K
Shares

रोल्पामा झोलुङ्गे पुल बनाउने क्रममा ढिस्कोले पुरिएर पाँच जनाको मृत्यु

रोल्पा, १६ मंसिर । रोल्पामा झोलुङ्गे पुल बनाउने पर्खाल लगाउने क्रममा माटोको ढिस्कोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ ।

ढिस्कोले पुरिएर ६६ वर्षीय देवीराम परियार, ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुमित्रा परियार र २७ वर्षीया आईती परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक पाँचै जना सुनछहरी गाउँपालिका वडा नम्बर ३ बाहिरी गामका बासिन्दा रहेको पनि प्रहरीले जनाएको छ ।

मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा आज बिहान पौने १० बजेतिर ढिस्कोले उनीहरूलाई पुरेको थियो । कामदारमध्ये दुई जना भने भागेर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology