Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

जाडोमा बाथका बिरामीले ध्यान दिनुपर्ने ५ कुरा


2.9K
Shares

जाडोमा बाथका बिरामीले ध्यान दिनुपर्ने ५ कुरा

काठमाडौ, १३ मंसिर । बाथरोग एक प्रकारको अटोइम्युन डिजिज ९रोग० हो । अटोइम्युन भन्नाले आफ्नै शरीरको रोगप्रतिरोधी क्षमतामा गडबडी हुँदा जीवाणुसँग लड्ने कोषिकाहरुको क्षमता गुमाउँछ । जसले गर्दा जोर्नीलाई बिगार्छ र बाथरोग देखा पर्न सक्छ । यसलाई ‘दुखाइको रोग’ पनि भन्ने गरिन्छ ।

यसमा शरीरका जोर्नीहरू दुख्ने वा सुन्निने जस्ता लक्षण देखापर्छ । साथै कम्मर दुख्ने, ढाड दुख्ने, हातका औंला दुख्ने वा सुन्निने, बिहान उठ्ने बेलामा हातखुट्टा अररो हुने, गोलीगाँठो दुख्ने वा सुनिने, ढाड दुख्ने वा अररो हुने, बिहान ढाड कडा हुने, पिंडौला दुख्ने वा करकर खाने, खुट्टाका बूढी औंला र औंला वरिपरि रातो भएर टेक्न असजिलो हुने, कुर्कुचा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने, हात, खुट्टा वा जीउ अररो हुने, घुँडा सुन्निने वा दुख्नेजस्ता लक्षण देखापर्छ ।

जाडोमा किन बढ्छ बाथको समस्या ?

सामान्यतः बाथरोगको प्रकोप जाडोयाममा बढी हुन्छ । चिसोले गर्दा दुखाइ बढी अनुभव हुन्छ । दुखाइ थाहा पाउने अंग बढी संवेदनशील हुन्छ ।

जाडोयाममा प्रोटिनयुक्त खानेकुरा र मदिराको समेत अधिक उपभोग हुने गर्छ । जसबाट शरीरको तौल वृद्धि र प्रोटिनको मात्रा उच्च हुन्छ । शरीरमा प्रोटिनको मात्रा धेरै हुँदा गाउटी आर्थ्राइटिस युरिक एसिडका कारण हुने बाथको जोखिम बढ्छ ।

जाडोयाममा नसा खुम्चिएर रक्तप्रवाह कम हुने, मांसपेशी खुम्चिने लगायतको समस्या हुने गर्छ । त्यसबाट पनि शरीरमा अत्यधिक पीडा हुन्छ । बाथका बिरामीलाई जाडोमा धेरै गाह्रो भएको पाइएको छ । त्यसैले जाडोमा समस्या बढ्न नदिन बाथका बिरामीले केही कुरामा ध्यान दिनुपर्छ ।

शरीरलाई न्यानो राख्ने

जाडोमा शरीरलाई न्यानो राख्नु निकै जरुरी हुन्छ । शरीरलाई न्यानो राख्न बाक्लो कपडा लगाउने, चिसो पानीको प्रयोग नगर्ने, हट वाटर ब्यागले सेक्ने र कोठालाई पनि न्यानो बनाइ राख्नुपर्छ ।

नियमित व्यायाम गर्ने

नियमित रूपमा हल्का व्यायाम गर्नाले जोर्नीको चाल बढ्छ र दुखाइ कम हुन्छ । एकै समयमा पौडी खेल्ने, योग र हिंड्ने जस्ता व्यायाम बाथरोगीका लागि धेरै लाभदायक हुन्छ ।

सन्तुलित आहार लिने

सन्तुलित आहारले शरीरलाई आवश्यक पोषक तत्व प्रदान गर्छ । जसले जोर्नीहरूलाई बलियो बनाउन मद्दत गर्छ । माछा, अण्डा र ओखर जस्ता ओमेगा(३ फ्याटी एसिडले भरपुर खानेकुराले जोर्नी सुन्निने समस्या पनि कम गर्छ ।

समयमा औषधि सेवन गर्ने

बाथको समस्यालाई बढ्न नदिन डाक्टरले तोकेको औषधि समयमै सेवन गर्नु अति आवश्यक हुन्छ । यी औषधिले बाथको दुखाइ कम गर्नुका साथै जोर्नी सुन्निएको पनि कम गर्छ । नियमित रूपमा औषधि सेवन गर्नाले बाथको लक्षण सुधार गर्न र दैनिक दिनचर्यालाई सजिलो बनाउन सकिन्छ ।

तनाव व्यवस्थापन गर्ने

जब धेरै तनाव हुन्छ, जोर्नी दुखाइ बढ्न सक्छ, विशेषगरी यदि पहिले नै बाथको समस्या छ भने दुखाइ झन् बढ्न सक्छ । योग, ध्यान र ब्रिथिङ एक्सरसाइज श्वासप्रश्वास अभ्यास गरेर तनावलाई कम गर्न सकिन्छ । तनाव कम हुँदा यसले हाम्रो शरीरमा सुन्निने समस्या पनि कम गर्छ, जसकारण जोर्नी दुख्ने समस्या कम हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology