Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

नेपाल लघुवित्त कर्मचारी संघ जिल्ला कार्य समिति गोरखाको अध्यक्षमा न्यौपाने निर्विरोध


2.2K
Shares

नेपाल लघुवित्त कर्मचारी संघ जिल्ला कार्य समिति गोरखाको अध्यक्षमा न्यौपाने निर्विरोध

गोरखा ९ मंसिर ः नेपाल लघुवित्त कर्मचारी संघ जिल्ला कार्य समिति गोरखाको अध्यक्षमा सबिन न्यौपाने चयन हुनुभएको छ । संघको तेस्रो महाधिवेशनमा न्यौपानेलाई सर्वसम्मत चयन गरिएको हो । शनिबार भएको कर्मचारीहरुको भेलाले सविन न्यौपानेसहित ११ सदस्यीय कार्यसमिति चयन भएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा सरोज तामाङ, उपाध्यक्षमा बिष्णु गौतम ,कोषाध्यक्षमा अस्मि परियार , सचिवमा गोपाल सुनार, सहसचिवमा इन्द्र हमाल चयन भएका छन्। त्यस्तै समितिका सदस्यहरुमा गोकुल रेग्मी,धन माय मगर,सम्झना गुरुङ,ज्ञानेन्द्र पाठक, हरि प्रसाद घिमिरे चयन भएका छन् । नेपाल लघुबित्त कर्मचारी संघ जिल्ला कार्यसमिति गोरखाका निर्वातमान अध्यक्ष अन्जन भट्टले पदभार हस्तान्तरण गरि नयाँ कार्यसमितिलाई कार्यकालको शुभकामनासहित बधाई दिनुभयो । कार्यसमितिले संस्थामा आवद्ध कर्मचारीहरुको पेशागत हकहित, आफु कार्यरत संस्थाहरुको संस्थागत हकहित र व्यवसायी ग्राहक सदस्यहरुको व्यवसायिक हकहितका विषयमा काम गर्ने जनाएको छ ।

लघुबित्त संस्थालाई समाजमा गलत बुझाईको कारण नकारात्मक असर परेकोले अब सदस्यको हकहित, र जिल्लामा सामाजिक संघ संस्था सङ समन्वय गरि सामाजिक उत्तरदायी कार्यक्रम गरि जिल्लामा छुट्टै प्रभाव पर्ने गरी काम गर्नु पर्ने कुरा निवार्तमान अध्यक्ष भट्टले बताउनुभयो ।उक्त कार्यक्रममा निर्वतमान अध्यक्ष अन्जन भट्ट र निवर्तमान सह सचिव गोविन्दप्रसाद भट्ट कामको शिलसिलामा गोरखाबाट अन्यत्र जिल्लामा जान लाग्नु भएको हुँदा ससम्मान विधाई तथा नयाँ कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology