Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

पर्यटनमन्त्रीको स्पष्टीकरण : सरकारले छानबिन गरोस्, दोषी देखिए सबै पद त्याग्छु


1.7K
Shares

पर्यटनमन्त्रीको स्पष्टीकरण : सरकारले छानबिन गरोस्, दोषी देखिए सबै पद त्याग्छु

काठमाडौं, २८ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आफूमाथि लागेको आरोपबारे सरकार र पार्टीबाट छानबिन गर्न माग गरेका छन् ।

पर्यटनमन्त्री पाण्डेमाथि गोरखाबाट बिजयी भएका काँग्रेसका सांसद राजेन्द्र बजगाईंले करोडौं घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाएका थिए ।

मन्त्री पाण्डेले भन्नुभयो, केही मानिसले पर्यटन क्षेत्रबाट नाजायज लाभ लिनका लागि आफूमाथि आरोप लगाएको बताउनुभएको छ । स्वच्छ चरित्र लिएर मन्त्रालयमा आएकोे र त्यसरी नै बाहिरिन चाहेको भन्दै पाण्डेले भन्नुभयो, ‘पार्टीबाटै निर्वाचित एकजना सांसदले त्यो तहमा ओर्लिएर टिप्पणी गर्ने कुराबाट म आश्चर्यचकित भएको छु ।’

आफ्नो इमान र निष्ठामाथि धावा बोल्नेविरुद्ध कानुनी लडाइँ लड्ने पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकार र पार्टीलाई मैले केही गरेँ कि भन्ने लाग्छ भने सरकार र पार्टीले ममाथि गहिरो गरी छानबिन गरोस् ।’

मन्त्री पाण्डेले अगाडि भन्नुभयो, ‘मबाट कुनै पनि खालको कमजोरी जानेररनजानेर त्यो प्रकारको कमजोरी भएको छ भनेदेखि जुनसुकै बेला म सरकारको स्वच्छताका लागि सरकारबाट बाहिरिने, पार्टीको स्वच्छता र पार्टीको आदर्शका लागि पार्टीबाट बाहिरिन पनि हरदम जुनसुकैबखत पनि तयार छु ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology