Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखामा लकडाउनका बेला बिद्युत मिटर रिडिङ नगरिने, महसुल बुझाउन परे के गर्ने? यो हेर्नुहोस!


2.2K
Shares

गोरखामा लकडाउनका बेला बिद्युत मिटर रिडिङ नगरिने, महसुल बुझाउन परे के गर्ने? यो हेर्नुहोस!

गोरखा २४, चैत । बिद्युत प्राधिकरण गोरखा बितरण केन्द्रले कोरोना भाइरस (कोभिड १९)को संक्रमणको जोखिमका कारण मिटर रिडिङका लागी ग्राहकको घरघरमा जान नसक्ने जनाएको छ । केन्द्रले सूचना जारी गरि कोरोना संक्रमणबाट जोगिन सरकारले देशभर लकडाउनको घोषणा गरेका बेला गोरखा बितरण केन्द्रबाट बिद्युत बितरण गरिएका ग्राहकको घरमा मिटर रिडिङ गर्न जान सक्ने अबस्था नरहेको जनाएको हो ।

यो अबधीमा ग्राहकले आफ्नो मिटरमा देखिएको अंक, ग्राहक नम्बर र आईडी नम्बर केन्द्रमा टिपाउन पनि सूचना मार्फत आग्रह गरिएको छ । केन्द्रले कार्यालयको फोन नम्बर ६४–४२४७७, ०६४–४२१२२२, मझुवा ०६५– ५४०३७७ वा मोवाइल नम्बर ९८४६०५६०७७ मा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म टिपाउन आग्रह गरेको हो । ग्राहकले बिद्युत खपतको बिबरण जानकारी नगराए अघिल्लो महिनाको खपतलाई आधारमानी बिद्युत खपत कायम गर्ने समेत जनाएको छ ।

साथै कार्यलयले अनलाईन सेवा मार्फत पनि बिद्युत महसुल भुक्तानी गर्न सक्ने व्यवस्था गरिएकाले अनलाईनको माध्यमबाट महसुल बुझाउन ग्राहकलाई अनुरोध गरेको छ । लकडाउनको अबधीमा प्राधिकरणले मर्मत र नो लाइटका सवै काम भने नियमित गरेको जनाएको छ ।

प्राधिकरणले जारी गरेको सूचना

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology