काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपालमा चीनविरुद्ध कुनै पनि क्रियाकलाप हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
चीन भ्रमणमा रहेका मन्त्री थापाले चीनका सार्वजनिक सुरक्षा मन्त्री झाओ केजीसँग छलफलका क्रममा थापाले नेपाली भूमी चीन विरोधी गतिविधिमा प्रयोग हुन नदिने प्रतिवद्धता जनाउनु भएको हो ।
यस्तै थापाले नेपालको सामाजिक तथा आर्थिक विकासमा चिनियाँ पक्षको सहयोगले निरन्तरता पाउने अपेक्षा गरेको पनि बताउनुभयो ।
थापाले सुरक्षा सहयोग, मानव संसाधनको विकास र विपद राहतप्रति चीनको निरन्तर सहयोगप्रति धन्यवाद पनि व्यक्त गर्नुभएको थियो ।
उहाँहरुबीचको छलफल नेपाल र चीनको सहयोगलाई विस्तार गर्दै सीमा अपराध नियन्त्रण, क्षमता विकास लगायत विलषयमा केन्द्रीत रहेको चीनस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।