Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखाका सांसद बजगाईँले गरे माइतीघरमा विरोध


1.5K
Shares

गोरखाका सांसद बजगाईँले गरे माइतीघरमा विरोध

गोरखा,२५ कार्तिक । गोरखाका सांसद राजेन्द्र बजगाईँले आज माइतीघर पुगेर बिरोध गर्नुभएको छ । हवाई भाडा महँगो भएको भन्दै गोरखा १ बाट प्रतिनिधिसभा निर्वाचित साँसद बजगाईँले विरोध प्रदर्शन गर्नुभएको हो ।

नेपाली कांग्रेसको तर्फबाट साँसद बनेका बजगाईँले पछिल्लो पटक मनोमानी ढंङ्गले हवाई भाडा दर बाढाएकोभन्दै विरोध जनाउनुभएको हो ।

उहाले नेपाली पर्यटन क्षेत्र अस्तव्यस्त भएको तथा नेपालभित्र रोजगारका सम्भावना नभएको अवस्थामा विदेश जानेहरूलाई महँगो हवाई भाडा असुलेको भन्दै विरोध गरेको बताउनुभयो ।

‘नेपाली पर्यटन क्षेत्र अस्तव्यस्त छ उता नेपालभित्र रोजगारका सम्भावना नभएर बुवाआमाले दुध खान पालेका गाईभैसी बेचेर, परिवार र सन्तान छाडेर बिदेसिन बाध्य नपाली दाजुभाइ दिदीबहिनी माथि महँगो भाडा थपिएको छ‚’ उहाँले विरोध जनाउँदै फेसबुक स्टाटस समेत हाल्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology