Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

सिंगापुरको आदित्य बिरलाले पायो २५ हजार टन डीएपी मलको ठेक्का


798
Shares

सिंगापुरको आदित्य बिरलाले पायो २५ हजार टन डीएपी मलको ठेक्का

काठमाडौं,२२ कात्तिक  ।  कृषि सामग्री कम्पनी लिमिटेडले २५ हजार टन डीएपी मल खरिद गर्ने ठेक्का सिंगापुरको आदित्य बिरला ग्लोबल ट्रेडिङ प्रालिलाई दिएको छ ।

बिहीबार एक सूचना निकाल्दै कृषि सामग्री कम्पनीले करिब २ अर्ब ५६ करोड रुपैयाँ १ करोड ८९ लाख ७५ हजार अमेरिकी डलरमा नेपालमा डीएपी मल आपूर्ति गर्ने ठेक्का लगाएको जनाएको हो ।

कृषि सामग्री कम्पनीले वीरगञ्ज, विराटनगर र भैरहवामा आपूर्ति दिने गरी प्रतिटन ७ सय ५९ डलरमा नेपाल मल किन्ने गरी उसलाई ठेक्का दिएको हो ।

‘यो वर्ष अभाव हुन नदिने गरी मल आइरहेको छ । अहिले डीएपी मल किन्न पनि ठेक्का लगाएका हौं, प्रत्येक महिना जसो ग्लोबल टेन्डर मार्फत ठेक्काको काम भइरहेको छ’ लिमिटेडका सूचना अधिकारी पुन्यप्रसाद उपाध्यायले भन्नुभयो ।

कृषि मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१र८२ लागिसकेपछि असोज मसान्तसम्म १ लाख ५५ हजार ६ सय ८९ टन मल आयात भइसकेको छ ।

गत आथिर्क वर्ष २०८०र८१ को मौज्दातसहित अहिले १ लाख ४४ हजार ८ सय २५ टन मल भण्डारमा रहेको जनाइएको छ । चालु आवमा सरकारले ५ लाख ५० हजार टन रासायनिक मल आयात गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology