Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोल खाएको तीन मिनेटमै बराबरी गर्न सफल भयो नेपाल


1.9K
Shares

गोल खाएको तीन मिनेटमै बराबरी गर्न सफल भयो नेपाल

काठमाडौं, १४ कार्तिक । पहिलो उपाधिको खोजीमा रहेको नेपालले बङ्गलादेशविरुद्धको फाइनल भिडन्तमा पछि परेलगत्तै गोल गरेको छ।

पहिलो हाफ बराबरीमा सकिएको अवस्थामा दोस्रो हाफको सातौँ मिनेटमा गोल खाएको नेपालले त्यसको तीन मिनेटमै बराबरी गर्न सफल भएको हो ।

नेपालका लागि काउन्टर एट्याकका क्रममा अमिषा कार्कीले गोल गर्दै खेललाई बराबरीमा ल्याउन सफल भएकी हुन् । यसअघि दोस्रो हाफको सातौँ मिनेटमा बंगलादेशले गोल गर्दै अग्रता बनाएको थियो ।

पहिलो हाफमा नेपाल र बङ्गलादेश दुवैले गोल गर्ने केही अवसर पाएपनि गोल गर्न सकेका थिएनन् ।

साफ फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंहलगायतका विशिष्ट व्यक्तिहरू रङ्गशाला पुगेका छन् ।

साँझ साढे ६ बजेदेखि काठमाडौंस्थित दशरथ रंगशालामा भइरहेको खेलमा नेपालका लागि कप्तान समेत रहेकी गोलकिपर अन्जिला सुब्बा मैदानमा छिन् ।

नेपालबाट पूजा राना, बिमला विक, अमृता जोशी, रेनुका नगरकोटी, सरु लिम्बु, सावित्रा भण्डारी साम्बा, गीता राना, प्रीती राई सबिता राना मगर र अमिषा कार्की मैदानमा छन् ।

नेपालले अहिलेसम्म साफका ५ फाइनल खेले पनि उपाधि जित्न नसकेकाले यस पटक घरेलु मैदानमा उपाधि जित्ने अवसर छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology