गोरखा २३, चैत । गोरखा जिल्लामा लकडाउनको उल्लंघन गर्ने सवारी चालक माथी कारबाही शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले लकडाउन उल्लंघन गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएर संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाहीको माग गरेपछि जिल्ला प्रसासन कार्यालयले जनहरु रु १ सय रुपैया जरिवानाको आदेश दिएको हो ।
नियन्त्रणमा लिएका सवारी चालकले जरिवानाको रकम भुक्तानी गरेपछि छोडिएको प्रहरीले जनाएको छ । विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) संक्रमणको जोखिमबाट मुलुकलाई पार्न सक्ने असरलाई प्रभावकारी रुपमा रोकथाम एवं नियन्त्रण गर्ने उदेश्यले सरकारले चैत ११ गतेदेखि देशभर लक डाउनको घोषणा गरेको छ ।
प्रहरीले मोटरसाईकल तथा कुटरमा सवार गोरखा नगरपालिका वडा नम्बर १२ बस्ने बर्ष ४० बर्षका डेविड तामाङ र बर्ष ४५ को होम बहादुर तामाङलाई सवारी सहित नियन्त्रण लिएर कारवाही गरेको प्रहरीले जनाएको छ ।