Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखाको गण्डकी गाउँपालिकामा सञ्चालित दोस्रो अध्यक्ष कप छात्रछात्रा फुटवल प्रतियोगिता सम्पन्न


2.9K
Shares

गोरखाको गण्डकी गाउँपालिकामा सञ्चालित दोस्रो अध्यक्ष कप छात्रछात्रा फुटवल प्रतियोगिता सम्पन्न

गोरखा, ९ कार्तिक ।  गोरखाको गण्डकी गाउँपालिकामा सञ्चालित दोस्रो अध्यक्ष कप छात्रछात्रा फुटवल प्रतियोगिता सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालित छात्रातर्फको प्रतियोगितामा वडा नम्बर ६ स्थित श्री भद्रकाली माध्यामिक विद्यालयले उपाधी जितेको गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ ।

प्रतियोगिताको फाइनल खेलमा वडा नम्बर ५ स्थित श्री रत्नेश्वर माध्यामिक विद्यालयलाई पराजित गर्दै भ्रदकालीले उपाधि हात पार्न सफल भएको हो । त्यस्तै प्रतियोगितामा वडा नम्बर ७ स्थित श्री ज्ञानमार्ग माध्यामिक विद्यालयले तृतीय स्थान हासिल गरेको छ । त्यस्तै छात्रतर्फ वडा नम्बर १ स्थित विजयाभवानी माध्यामिक विद्यालयले उपाधि जितेको छ । प्रतियोगिताको फाइनल खेलमा पराजित भएसंग वडा नम्बर ७ स्थित ज्ञानमार्ग माविले दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ ।

छात्रतर्फको प्रतियोगितामा वडा नम्बर २ स्थित ताङ्लिचोक माध्यामिक विद्यालयले तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा छात्रातर्फ श्री भद्रकाली माध्यामिक विद्यालयकाकी अनिशा गुरुङ उत्कृष्ठ खेलाडी, सोही विद्यालयकी अस्मिता चोपाङ उत्कृष्ट गोल रक्षक बन्नुभयो । त्यस्तै छात्रतर्फ भवानी माध्यामिक विद्यालयका दिवस वि.क उत्कृष्ठ खेलाडी र भावनी माध्यामिक विद्यालयका मिलन रानामगर उत्कृष्ठ गोल रक्षक बन्नु भएको छ । प्रतियोगितामा छात्र तथा छात्रातर्फ पहिलो हुन सफल टिमलाई नगद रु ३० हजारसहित मेडल र प्रमाणपत्र, दोस्रो हुन सफल टिमलाई रु १५ हजारसहित मेडल र प्रमाणपत्र तथा तेस्रो हुन सफल टिमलाई रु ७ हजारसहित मेडल र प्रमाण पत्र वितरण गरिएको शाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology