Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

प‍ोखरा तनावग्रस्त : प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार 


1.5K
Shares

प‍ोखरा तनावग्रस्त : प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार 

पोखरा, ४ कार्तिक ।  पोखरामा रास्वपा सभापति लामिछाने पक्राउको विरुद्धमा रास्वपाका नेताकार्यकर्ताले गरेको विरोध प्रदर्शन झन चर्किएको छ ।
लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कास्कीले आइतबार पोखरा महानगरपालिकामा निषेधाज्ञा जारी गरेको थियो ।

शहिदचोक र गैरापाटन आसपासको क्षेत्रमा प्रशासनले निषेधाज्ञा जारी गरेको हो। शहिदचोकदेखि वाइचोक, बैदाम फिस्टेलगेट, मालपोत कार्यालय कास्की र मुस्ताङचोकसम्म निषेधाज्ञा जारी भएको छ ।

निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेका रास्वपा नेताकार्यकर्तालाई हटाउन खोज्दा प्रहरी र उनीहरुबीच धकेलाधकेल भएको थियो । धकेलाधकेल हुँदा पनि उनीहरुले रवि पक्राउको विरोधमा सहिदचोकमा नाराबाजी गरिरहेका छन् । उक्त भिड हटाउनलाई प्रहरीले पानीको फोहोरा हानेको थियो । पानीको फोहोरा हान्दा पनि भिड नियन्त्रणमा आउन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology