Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

रास्वपा सभापति रवि लामिछाने पक्राउ


1.4K
Shares

रास्वपा सभापति रवि लामिछाने पक्राउ

काठमाडौं, २ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति एवं निवर्तमान गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् ।

सहकारी ठगी सम्बन्धमा छानबिनका लागि लामिछानेलाई प्रहरीले शुक्रबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीबाट पक्राउ गरेको हो । कास्की जिल्ला अदालतले पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएपछि लामिछाने पक्राउ परेका हुन् ।

रास्वपा उपसभापति डोलप्रसाद अर्यालले रवि पक्राउ परेको पुष्टि गरे । ‘सभापतिलाई सुरक्षाकर्मीलाई बुझाएका छौं, उच्छृङ्खल काम नगर्नुहोला,’ अर्यालले भन्नभयो । पोखराको सूर्यदर्शन सहकारीको वचत अपचलन सम्बन्धमा अनुसन्धानका लागि प्रहरीले लामिछानेलाई फक्राउ गरेको हो ।

‘सहकारी ऐनले परिभाषित ठगी तथा संगठित अपराध’मा अनुसन्धानका लागि लामिछानेलाई पक्राउ पुर्जी जारी भएको थियो ।

सूर्यदर्शनलगायत सहकारीको पैसा गोरखा मिडियामा ल्याएर दुरूपयोग गरेको भन्दै संसदीय छानबिन विशेष समितिले रवि लामिछानेसहित ४ जनालाई कारबाही गर्न सिफारिश गरेको थियो ।

गोरखा मिडिया नेटवर्कका अर्का सदस्य छविलाल जोशी बञ्जाडे झण्डै एक महिनादेखि प्रहरी हिरासतमा छन् । लामिछानेले सहकारी ठगीमा आफूले संसदीय छानबिन समितिबाट ‘क्लीन चिट’ पाएको दाबी गर्दै आएका थिए ।

पक्राउ पुर्जी जारी भएलगत्तै सामाजिक सञ्जाल फेसबूकमा सन्देश लेख्दै लामिछानेले प्रधानमन्त्री केपी ओलीविरुद्ध आक्रोश पोखेका छन् ।

पक्राउ परेका लामिछानेलाई सडकमार्गमार्फत पोखरा लैजाने तयारी छ । लामिछानेलाई पक्राउ गरिएकोमा रास्वपाले आन्दोलनको तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology