Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

सन्दीपलाई अमेरिकाले दियो भिसा


1.7K
Shares

सन्दीपलाई अमेरिकाले दियो भिसा

काठमाडौं, २ कार्तिक । आइसीसी विश्वकप लिग २ खेल्न क्रिकेटर सन्दीप लामिछाने अहिले नेपाली टिमसँगै क्यानडा पुगेका छन् । क्यानाडाबाट नेपाली टीम अमेरिका जाने कार्यक्रम छ ।

सन्दीपलाई अमेरिकी दूतावासले यसअघि टि–२० विश्वकप खेल्न जान भिसा दिएको थिएन । उहााँले दुईपटक प्रयास गर्दा पनि भीसा अस्वीकार गरिएको थियो । यसपटक पनि सन्दीपको भीसा लागिसकेको छैन । तर दूतावासले सकारात्मक संकेत भने दिएको क्यान स्रोतले बताएको छ ।

स्रोतका अनुसार मौखिकरुपमा भिसा लाग्ने भनेर आश्वस्त गराइएको हो । अरु खेलाडीको भिसा हानिए पनि सन्दीपलाई भने आलटाल गरिएको छ । दूतावासले सन्दीपको पासपोर्ट केही दिन राखेको थियो । क्यानाडा जाने डेट आएपछि सन्दीपले अमेरिकाको भिसाबिनै पासपोर्ट लिएका थिए ।

बुझिएअनुसार दूतावासले यसपाली खेलाडीहरुलाई दूतावासले तीन महिनाको मात्र भिसा दिएको छ । क्यानाडाबाट अमेरिका जाने डेटसम्ममा सन्दीपको पनि भिसा लागिसक्ने सम्भावना रहेको र यसको समन्वय क्यानले गर्ने स्रोतले बतायो ।

नेपालले सेप्टेम्बर १६ र २२ मा क्यानडासँग र सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्ने छ । दुवै देशसँग नेपालले त्रिकोणात्मक टि २० सिरिज पनि खेल्ने छ । क्यानाडासँग सेप्टेम्बर २८ र अक्टोबर १ मा तथा ओमानसँग सेप्टेम्बर २९ र अक्टोबर २ तारिखमा नेपालले टि–२० म्याच खेल्नेछ ।

क्यानाडापश्चात अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ । त्यहाँ नेपाल अमेरिका र स्कटल्यान्डले प्रतिस्पर्धा गर्नेछन् । स्मरणीय छ कि नेपाली टिम क्यानाडा प्रस्थान गर्नुअघि विहीबार आयोजित पत्रकार सम्मेलनमा क्रिकेट संघका सचिव पारस खड्कालाई सन्दीपको भिसाबारे सोधिएको थियो । पारसले अमेरिकी दूतावासबाट ग्रीन सिग्नल रहेको मात्र बताउनुभयो ।

उहाँले घुमाउरो तरिकाले भनेका थिए, ‘केस क्लोज भइसकेकाले हामीलाई विश्वास छ कि यो विषय सकियो । हामी सबै नयाँ सोच विचारबाट अगाडि बढ्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology