Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

खेतमा लगाएको विद्युतीय तारमा परी १ बालिकाको मृत्यु


1K
Shares

खेतमा लगाएको विद्युतीय तारमा परी १ बालिकाको मृत्यु

जनकपुरधाम, २ कार्तिक । खेतमा लगाएको विद्युतीय तारबारमा परी १ जना बालिकाको ज्यान गएको छ । अन्य २ बालिका घाइते भएका छन् ।

महोत्तरीमा गौशाला नगरपालिका ३ पचानटोलका विनोद महतोले जंगली जनावरबाट बालीनाली जोगाउन लगाएको करेन्ट प्रवाह भएको नांगो तारमा करेन्ट लागेर स्थानीय १४ वर्षीया करिना महतोको ज्यान गएको महोत्तरीका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी सन्तुलाल जयसवालले जानकारी दिनुभयो ।

आज बिहान ७ः३० बजे उनीहरु काम गर्न खेतमा पुगेको बेला बारमा छाडिएको नांगो तारमा करेन्ट लागेको थियो । करिनाको घटनास्थलमै ज्यान गएको हो । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology