गोरखा,१ कार्तिक । आज कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । बडा दसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन आज बिहीबार गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
कार्यालयले पूर्णिमाको दिन प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा चाडपर्वको बिदा दिइएको भन्दै सूचना प्रकाशित गरेको छ ।
प्रदेश सरकारले कोजाग्रत पूर्णिमासहित यस वर्ष चैते दसैँ र भानुजयन्तीमा समेत बिदा दिएको थियो ।