Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

दशैँपछिको कारोबारको पहिलो दिनमा नेप्से परिसूचक ३१ दशमलव ४८ अङ्कले बढ्यो


910
Shares

दशैँपछिको कारोबारको पहिलो दिनमा नेप्से परिसूचक ३१ दशमलव ४८ अङ्कले बढ्यो

काठमाडौ, २९ असोज । दशैँपछिको कारोबारको पहिलो दिनमा नेप्से परिसूचक ३१ दशमलव ४८ अङ्कले बढेको छ । आज नेप्से ३१ दशमलव ४८ अङ्कले बढेर २६९९ दशमलव ६६ विन्दुमा बन्द भएको छ ।

आज कुल ३०७ कम्पनीका ६४ लाख १७ हजार २६७ कित्ता शेयर किनबेच हुदा ३ अर्ब ६ करोड २३ लाख ३७ हजार बराबरको कारोबार भएको थियो । कुल १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन मात्रै घट्यो ।

उत्पादन तथा प्रशोधन १५ दशमलव ६४ अङ्कले घट्यो । फाइनान्स १४० दशमलव ६१, जीवन बिमा १३० दशमलव ३८ अङ्क र निर्जिवन बीमा ६६ दशमलव ३४ अङ्कले बढेको छ । आज सबैभन्दा बढी जानकी फाइनान्स र मिथिला लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको थियो भने मिड सोलु हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology