Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

भोलि विजया दशमीः टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा


1.4K
Shares

भोलि विजया दशमीः टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

काठमाडौँ, २५ असोज । भोलि विजया दशामी, विजया दशमीको दिन टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।

घटनास्थापनादेखि पूजा आराधना गरिएकी देवी विसर्जन गर्ने साइत भोलि बिहान ८ बजेर ३३ मिनेटमा रहेको टीकाको उत्तम साइत भने ११ बजेर ३६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

दशमीको दिन देवि दुर्गा भवानीले राक्षसको बध गरेपछि विजय उत्सवका रुपमा मनाइले दशैंमा रातो टिका र जमरा लगाउने परम्परा रहेको छ । यद्पि केही जनजाति समुदायमा भने शान्तिको प्रतिक मानेर सेतो रङको टीका लगाउने चलन पनि छ ।

ठूला वा मान्यजनको हातबाट टीका जमरा लगाएर दशैंमा आशिर्वाद थाप्ने गरिन्छ । टीका लगाउदाँ टिका लगाइदिने व्यक्ति पश्चिम र टिका लगाउने व्यक्ति पूर्व फर्कनुपर्ने धार्मिक मान्यता रहेको छ ।

विजया दशमीको दिन टीकाको साइत गरेसंगै देविको प्रसादको रुपमा कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाउने प्रचलन रहेको छ ।

तर केही स्थानमा भने विजया दशमीको दिनमा मात्र टीका र जमरा लगाउने गरिन्छ । यस बर्ष असोज १७ गते घटस्थापनाको दिन बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत गरेर सुरु भएको दशैं कार्तिक एक गते पूर्णिमाको दिनबाट सम्पन्न हुने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology