Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

राष्ट्रपतिद्वारा सर्वसाधारणलाई टीका लगाइदिने समय सार्वजनिक


2.4K
Shares

राष्ट्रपतिद्वारा सर्वसाधारणलाई टीका लगाइदिने समय सार्वजनिक

काठमाडौँ, २३ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले असोज २६ गते शनिबार अपरान्ह तीन बजेदेखि टीका तथा प्रसाद प्रदान गर्नुहुने भएको छ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्त प्रसाद पन्थीले मंगलबार साँझ प्रेस नोट जारी गर्नुहुँदै राष्ट्रपति पौडेलले शनिबार अपरान्ह ३ बजेदेखि ३स्३० सम्म विशिष्ट व्यक्ति र ३स्३० बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने जानकारी गराउनुभएको हो।

दिउँसो ३ बजेर ३० मिनेटपछि आधा घण्टा इच्छुक मन्त्री, सांसद, न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी एवम् विशिष्ट व्यक्तित्व, निजामति, जङ्गी, प्रहरी तर्फका अधिकृत स्तरसम्मका राष्ट्र सेवकलाई टीका तथा प्रसाद प्रदान गर्नुहुने विज्ञप्तिमा उल्लेख छ।

प्रवक्ता पन्तीका अनुसार राष्ट्रपति पौडेलले सर्वसाधारणलाई अपरान्ह ३ बजेर ३० मिनेटदेखि ५ बजेसम्म टीका तथा प्रसाद प्रदान गर्नुहुनेछ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology