Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

नेपाल पत्रकार महासङ्घको चुनाव मङ्सिर २८ गते गर्ने निर्णय


1.4K
Shares

नेपाल पत्रकार महासङ्घको चुनाव मङ्सिर २८ गते गर्ने निर्णय

काठमाडौं, २० असोज । नेपाल पत्रकार महासङ्घको जिल्ला र प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेलाले महासङ्घको तीनै तहको चुनाव आउँदो मङ्सिर २८ गते गर्ने निर्णय गरेको छ ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको व्यवस्थापनमा बोडेमा सम्पन्न भेलाले मङ्सिर २८ गते चुनाव गर्ने निर्णय गरेको महासङ्घका महासचिव रोशन पुरीले जानकारी दिनुभयो ।

भेलाले सदस्यता विवादको सन्दर्भमा सर्वसम्मत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्वसम्मतले स्वीकार गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

त्यस्तै सदस्यताको विवाद भएमा केन्द्र र प्रदेशको १–१ जना प्रतिनिधि र शाखा अध्यक्ष रहनेगरी समिति गठन गरेर सर्वसम्मतबाट विवाद टुङ्गो लगाउने निर्णय भएको महासचिव पुरीले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासङ्घको सदस्यता विवादका कारण पटक–पटक तोकिएको निर्वाचनको मिति सारेर अन्योल बनेको अवस्थामा जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला आयोजना गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology