Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला

1.5K
Shares

आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला

गोरखा,२० असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकिलो खसीबोकाको ६ सय ७० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुट दिएर प्रतिकिलो ६ सय ६० रुपैयाँमा बिक्री खुला गरेको जनाएको छ ।

च्याङ्ग्रा प्रतिकिलो एक हजार २ सय ३० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुुट दिएर एक हजार २ सय २० रुपैयाँ बिक्री खुला गरिएको कम्पनीको भनाइ छ । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार हिजोसम्म २ सय ८ खसीबोका र तीन सय च्याङ्ग्रा भित्रिसकेका छन् ।

हेटौँडाबाट पहिलो लटमा २ सय ८ खसीबोका आइपुगेको र बाँकी बाटोमा आउने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । च्याङ्ग्रा भने मुस्ताङबाट ल्याइएको छ । निजी क्षेत्रका व्यवसायीले भने घटस्थापनाको दिनदेखि खसीबोका ल्याएर बिक्री सुरु गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology